Skip

Hamro Sanchar

डिउटीमा खटेकी महिला प्रहरी जवानको गोली हानी हत्या, गोली हान्ने उनकै श्रीमान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ४ गते


काठमाडौं, फागुन ४- दाङमा एक प्रहरीले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन् । मृतक महिला पनि प्रहरी नै हुन् । बिहीबार साँझ घोराहीको दामोदर चोकमा ड्युटीमा रहेकी महिला प्रहरी धनमाया थापालाई उनकै श्रीमान् यमबहादुर झाँक्रीले गोली हानी हत्या गरेका हुन् ।

यमबहादुर नेपाल प्रहरी, तालिम केन्द्र नेपालगन्जमा कार्यरत प्रहरी हुन् । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले घोराही वडा प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी धनमायालाई उनका श्रीमानले तीन राउण्ड गोल प्रहार गरि हत्या गरेको जानकारी दिए । गोली हानी भागेका यमबहादुरलाई प्रहरीले घोराही लमही सडक खण्डको मसोट जंगलबाट नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्