Skip

Hamro Sanchar

‘भ्यालेन्टाइन डे’ मनाउन गएकी एक किशोरी बलात्कृत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ३ गते


जनकपुरधाम, फागुन ३- सिरहाको लहानमा नाबालिगमाथि बलात्कार गरेको आरोपमा लहान प्रहरीले एक किशोर पक्राउ गरेका छन् । ‘भ्यालेन्टाइन डे’ मनाउन भन्दै लहान नगरपालिका २ स्थित कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया नाबालिगलाई बलात्कार गरेका हुन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेको थियो । पीडित परिवारले राति १२ बजेमा घटनाबारे जानकारी गरायो । लगत्तै प्रहरीले आरोपी अरुणलाई नियन्त्रणमा लिएको छ ।

बलात्कृत बालिकालाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ । बलात्कृत बालिका पनि सुखिपुरकै छिन् । लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको जानकारी दिए ।


प्रतिकृया दिनुहोस्