Hamro Sanchar

गृह मन्त्रालयले भन्यो- भोलि सार्वजनिक बिदा छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २९ गते


Advertisement

काठमाडौँ, माघ२९- सरकारले फागुन १ गते सार्वजनिक बिदा नरहेको बताएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार सूचना निकालेर फागुन १ गते मंगलबार सार्वजनिक बिदा कायम नरहेको उल्लेख गरेका छन् ।

संघीय सरकारले गत वर्ष जनयुद्ध दिवसका दिन फागुन १ मा बिदा दिने गरेको थियो । सर्वोच्चले बिदा बदर गरिदिएपछि गृह मन्त्रालयले सूचना निकालेर फागुन १ मा सार्वजनिक बिदा नरहेको प्रष्टाएको छ ।


प्रतिकृया दिनुहोस्