
काठमाडौं, माघ २८- सडक डिभिजन कार्यालय काठमाडौंमा आइतबार दिउँसो आगलागी भएको छ ।
डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा ३:०० बजे एयर कन्डिसनको बिधुत सर्ट भई आगलागी भएको काठमाडौं डिभिजनका इन्जिनियर हरिहर गौतमले जानकारी दिए ।
आगलागीबाट कार्यालयका केही थान ल्यापटप र कार्यालय प्रमुख भण्डारिको निवास जलेर पुर्ण रुपमा नस्ट भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा सो आगलागी नियन्त्रणमा लिईएको डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।
कार्यालय प्रमुख भण्डारीले डिभिजन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन पुरानो कार्यालयलाई मर्मत गरि कार्यालयको प्रमुख निवास बनाएका थिए ।