Hamro Sanchar

दोलखा-काठमाडौं सम्पर्क मन्चद्धारा राष्ट्रिय सभा सदस्यद्धय रिजाल र मल्ललाई बधाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, २० गते


Advertisement

काठमाडौं, माघ २०- नेकपा एकीकृत समाजवादी निकट दोलखा-काठमाडौं सम्पर्क मन्चले नव निर्वाचित राष्ट्रिय सभा सदस्यद्धय घनश्याम रिजाल र सावित्री मल्ललाई एक कार्यक्रमका बीच बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

मन्चले तिनकुनेस्थित पार्टी कार्यालयमा शनिबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना कार्यक्रम गरेको हो ।

समाजवादीबाट बागमतीबाट दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीबाट महिला कोटामा दैलेखकी सावित्री मल्ल उम्मेदवार बनेका थिए । गत माघ ११ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उनीहरु बिजयी बनेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेतरहेका नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठले नवनिर्वाचित राष्ट्रिय सभा सांसद द्धयलाई बधाई तथा शुभकामना दिँदै सम्पुर्ण मतदाताको हितमा काम गर्न अनुरोध गरे । उनले सांसदको दायित्व र भूमिकाको विषयमा प्रष्ट पारे ।

कार्यक्रमका सभापति तथा दोलखा-काठमाडौं सम्पर्क मन्चका अध्यक्ष विकल श्रेष्ठले पार्टीले २ वटै सिटमा जित हासिल गरेकोमा खुसी व्यक्त गर्दै पार्टीको साख कायम राख्न तल्लो तहबाटै नतिजा उन्मुख बनाउनु पर्नेमा जोड दिए । उनले सांसद द्धयलाई अरूले भन्दा फरक काम गर्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित दुवै सांसदले राष्ट्रिय सभा सदस्य जस्तो ठूलो जिम्मेवारी पाउनु आफुहरुको लागि ठुलो अवसर भएको भन्दै आफ्नो कार्यकालमा नमुनाको रुपमा काम गर्ने बताए । उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रलगायत महिलाहरुको सबलिकरण र शसक्तिकरण, दलित, पिछडिएको बर्गका बिषयमा खरो रुपमा प्रस्तुत हुने बताए ।

सम्पर्क मन्चका सचिव सागर श्रेष्ठद्धारा संचालित कार्यक्रममा उपाध्यक्ष बासु भण्डारीले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा समाजवादीका केन्द्रियस्तरका अन्य नेता तथा काठमाडौंबासी दोलखालीहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्