Hamro Sanchar

ग्वार्कोमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १० गते


Advertisement

काठमाडौं, जेठ १०- ललितपुरको ग्वार्कोमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब १० बजे ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीकाअनुसार ठक्कर दिने गाडीबारे खुलिनसकेकाले छैन खोजी भइरहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्