Hamro Sanchar

तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समितिको भेला सम्पन्न, अध्यक्षमा लुम्फुङ्वा सर्वसम्मत चयन

प्रकाशित : २०८० फागुन, १२ गते


Advertisement

काठमाडौं, फागुन १२- नेकपा माओवादी केन्द्र, तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश- १ को भेला सम्पन्न भएको छ । शनिबार ललितपुरको ताल्छिखेलामा आयोजित भेलाले दिलिप लुम्फुङ्वा (लिम्बु ) लाई तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश- १ को अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । भेलाले १ अध्यक्ष, २ जना उपाध्यक्ष, १ जना सचिव, २ जना सहसचिव, १ जना कोषाध्यक्ष र ४ जना कार्यसमिती सदस्य गरि जम्मा  ११ सदस्यीय कार्यसमिती गठन गरेको हो ।

अध्यक्ष लुम्फुङ्वाको अध्यक्षतामा हाल ११ सदस्यीय कार्यसमिति रहने र बाकि २ जना पछि कार्यसमितिले  मनोनीत गर्ने बताईएको छ । कार्यसमितिको अध्यक्षमा दिलिप लुम्फुङ्वा (लिम्बु ), उपाध्यक्षमा केदार सापकोटा, मथुरा मगर, सचिवमा तुल्सी रम्तेल, सहसचिवमा प्रकाश कुरुम्वाङ र सुदिप बर्देवा, कोषाध्यक्षमा बालकुमारी लुम्फुङ्वा र कार्यसमिती सदस्यमा रमन इस्पो, देबिन्द्र कुरुम्वाङ, भुपेन्द्र रसाइली र दिलकुमार लिम्बु सर्वसम्मत चयन भएका हुन ।

नेकपा माओवादी केन्द्र, तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश- १ को निवर्तमान अध्यक्ष देवचन्द्र तुम्खेवा अनुपस्थित रहेको उक्त कार्यक्रमको अध्यक्षता जगत तुम्बाहाम्फेले गरेका थिए ।

नवगठित तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति प्रदेश- १ का अध्यक्ष दिलिप लुम्फुङ्वा (लिम्बु )ले प्रतिवद्धता मन्तव्य राख्दै, तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समितिको यो कार्यकाल सफल र परिणाममुखी बनाउन कार्यसमितका सम्पूर्ण सदस्यहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।

प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य होमकुमारी खापुङले कार्यक्रमलाई सम्बोधन गर्दै, “सम्पर्क समन्वय समिति” तेह्रथुम-काठमाडौं जोड्ने पुल भएको भन्दै यसले काठमाडौंवासी र तेह्रथुमवासी जनताहरुलाई व्यक्तिगत, सामाजिक, आर्थिक, सास्कृतिक र  राजनीतिक रुपमा जोड्नुपर्ने बतईन । नया कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै उनले अघिल्ला कार्यसमितिले भन्दा फरक ढंगले काम गर्ने विस्वास व्यक्त गरिन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र, सम्पर्क समन्वय प्रदेश- १ कमिटी सदस्य तथा तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति ईन्चार्ज तेजेन्द्र कुरुम्वाङले भेलाको आवस्यकता र महत्व बारे प्रकास पारेका थिए ।

कार्यक्रममा, सम्पर्क समन्वय समिति प्रदेश- १ का सचिव नन्द वनेमले सम्बोधन गर्दै, नया कार्यसमितिले रचनात्मक काम गर्नुपर्नेमा जोड दिदै “तेह्रथुम-काठमाडौं सम्पर्क समन्वय समिति” समिति मात्र नभएर सिङ्गो पार्टीको “पार्टी कमिटी” भएको भन्दै यो समितेले सोहि अनुसार काम गर्नु पर्ने बताए ।


प्रतिकृया दिनुहोस्