आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जंगली च्याउ खाएर एक सातामा ३ को मृत्यु , १९ जना बिरामी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १२ गते


Advertisement

हेटौंडा, असार ११- पछिल्लो एक हप्तामा जंगली च्याउ खाएर मकवानपुरमा तीनजनाको ज्यान गएको छ भने १९ जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर गत असार ३ गते बिरामी परेका कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारका ४ वर्षीय दिपेश लामाको असार ८ गते ज्यान गएको हो ।

जंगली च्याउ सेवनबाट बिरामी भएका लामालाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएकोमा ८ गते घर फर्कने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

असार ३ गतेनै कैलाश ९ कै निरुमाया रुम्बाले जंगली च्याउ सेवन गरेर बिरामी भएपछि उपचारको लागि ४ गते सिएमसी लगिएकोमा ९ गते पुनः हेटौंडा अस्पताल ल्याएर उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

असार ९ गते मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का बल बहादुर प्रजाको परिवारनै जंगली च्याउ सेवन गर्दा बिरामी परे । परिवारका पाँचजना विरामी परेको मध्य हेटौंडा अस्पतालमा उपचारको क्रममा बलबहादुरको ज्यान गयो भने उनको श्रीमती र छोराछोरी भने उपचाररत छ्न् ।

असार ७ गते मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ का ८ जनाले जंगली गोब्रे च्याउ खाएर बिरामी परे । उनीहरुको हेटौंडा अस्पतालमा उपचार भएको थियो । त्यसैगरी राक्सिराङ ८ लाचेमा पनि जंगली च्याउको सेवनबाट एकै परिवारका ४ जना बिरामी भएका छ्न् । भुवल प्रजाको परिवारले जंगली च्याउ खादा उनको श्रीमती , भाइ र छोरा बिरामी परे । उनीहरुको पनि उपचार जारी छ ।


प्रतिकृया दिनुहोस्