Skip

Hamro Sanchar

बनस्थलीमा दिउँसै करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल चोरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, ६ गते


काठमाडौँ, माघ ६- काठमाडौं महानगरपालिका-१६ बनस्थली राधाकृष्ण मन्दिर नजिककै एक घरमा दिउँसै चोरी भएको छ । उक्त घरमा डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-९ घर भएका ज्ञानु रिजालको कोठाबाट नगद र गरगहना चोरी भएको हो ।

प्रहरीका अनुसार कोठाबाट नगद १ लाख रूपैयाँ र २ तोला बराबरको विभिन्न गरगहना गरी करिब ३ लाख ३४ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ । चोरी गर्ने व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्