Skip

Hamro Sanchar

चुरेका सबै स्वास्थ्य केन्द्रमा अल्ट्रासाउन्ड सेवा

केबि महरा प्रकाशित : २०८० माघ, ४ गते


कैलाली, माघ ४- जिल्लाको चुरे गाउँपालिका भित्रका सबै स्वास्थ्य केन्द्रमा आधारभूत स्वास्थ्य सेवा सहित हरेक महिना अल्ट्रासाउन्ड सेवा समेत बिस्तार गरिएको छ ।

पालिका भित्र रहेका ९ वटै स्वास्थ्य ईकाई मार्फत बिगत दुई बर्ष यता नियमित रुपमा अल्ट्रासाउन्ड सेवा उपलब्ध गराउन थालिएको चुरे गाउँपालिकाका स्वास्थशाखा प्रमुख गजेन्द्र बिष्टले जानकारी दिए ।

पालिकामा हाल ९ वटा स्वास्थ्य केन्द्र रहेका छन् । बिरामीको सहजताका लागि २ वटा एम्बुलेन्स सेवा समेत संचालित रहेको प्रमुख बिष्टले बताए ।

कैलाली आफैमा सुगम् जिल्लाका रुपले परिचीत भएपनी मोहन्याल र चुरे गाउँपालिका भौगोलिक तथा बिकासका दृष्टिकोणले अझै पछाडी परेका छन् ।

बिबिध समस्याका बिच चुरे गाउँपालिका आधारभुत स्वास्थ्य सेवा विस्तारमा सक्षम बन्दै गईरहेको र आगामी दिनमा स्वस्थ्य सेवालाई केन्द्रमा राखी काम गरिने गाउँपालिका उपाध्यक्ष धना देवि थापाले बताइन् ।


प्रतिकृया दिनुहोस्