
काठमाडौं, माघ ३- काठामाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर- ६ ले महिलाहरुको क्षमता बढाउन अंग्रेजी बोल्न र लेख्न तालिम दिने भएको छ ।
वडा कार्यालयको सहयोग र वडाकै दिदी व्यावसायिक केन्द्रको आयोजनामा महिलाहरुको क्षमता बृद्दिका लागि तीन महिने नि-शुल्क अंग्रेजी बोल्न तथा लेखन कक्षा संचालन गर्न लागेको हो ।
दिदी व्यावसायिक केन्द्रले यहि माघ १० गतेदेखि २०८१ साल बैशाख १० गतेसम्म उक्त कक्षा संचालन गर्ने भएकोले नगरपालिकावासी महिला दिदी बहिनीहरुलाई मौकाको फाईदा उठाउन अनुरोध गरेको छ ।