काठमाडौं, पुस २२- राष्ट्रिय सभा उम्मेदवार छान्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बसेको छ।
ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार अपराह्नमा संसदीय बोर्डको बैठक बसेको हो। बैठकमा राष्ट्रिय सभामा उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको हो। कांग्रेसको विधानमा उम्मेदवारको छनौट संसदीय बोर्डले गर्छ।
यस बोर्डमा कांग्रेस सभापति शेरबहादुर देउवासहित १३ जना सदस्यहरू छन्। यसलगत्तै बोर्डको निर्णय सुनाउन सानेपामै केन्द्रीय कार्यसम्पादन बैठक बस्ने कांग्रेसको तयारी छ।
सत्ता गठबन्धनमा राष्ट्रिय सभाका १९ मध्ये १० सिट नेपाली कांग्रेसले पाएको छ।