Skip

Hamro Sanchar

एक जनाको ज्यान जानेगरी झडप भएको बरहथवामा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, २१ गते


काठमाडौं, पुस २१- सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ।

शुक्रबार अपराह्न साढे ५ देखि लागेको कर्फ्यू अहिले बिहान ८ बजे हटाएर निषेधाज्ञा जारी गरिएको हो। शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए।

शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर बरहथवा–६ का जयशंकर साह मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका थिए।

स्थिति नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले अपराह्नदेखि कर्फ्यू आदेश जारी गरेको थियो।

प्रहरीको गोली लागेर मारिएका साहको शव अहिले पनि घटनास्थलमै छ। स्थानीयवासीले शवलाई घेरा हालेर रातभर घटनास्थलमै बसेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए।


प्रतिकृया दिनुहोस्