Hamro Sanchar

जुत्ताको तुनाले घाँटीमा कसेर श्रीमानले गरे श्रीमतीको ‘हत्या’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, १२ गते


पोखरा, पुस १२- पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती रेखा घर्तीको हत्या गरेका हुन् । घाँटीमा जुत्ताको तुनाले कसेर उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकका अनुसार घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्