Hamro Sanchar

आज क्रिसमस मनाउँदै क्रिश्चियन धर्मावलम्बी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० पुष, ९ गते


काठमाडौं, पुस ९- क्रिश्चियन धर्मावलम्बीले सोमबार क्रिसमस डे मनाउँदैछन् । अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

‘ख्रिष्टमस’ पनि भनिने यो दिनमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

क्रिसमसमाअवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


प्रतिकृया दिनुहोस्