काठमाडौं, मंसिर १४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरे ।
प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान गरेपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।
बुधबार राती नै उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।