Hamro Sanchar

प्रहरीको छायाँ देख्ने बित्तिकै पेस्तोल र गोली फालेर फरार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १२ गते


मकवानपुर, मङ्सिर १२- राक्सिराङ गाउँपालिका-१ दुङ्गुखोलाबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सोमबार राति प्रहरीले बरामद गरेको छ । स्थानीय पसल अगाडि एक जना व्यक्तिले पेस्तोल देखाइरहेको सूचनाका आधारमा प्रहरी चौकी चैनपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली बरामद गरेको हो ।

प्रहरीको छायाँ देख्ने बित्तिकै पेस्तोल र गोली फालेर ती व्यक्ति फरार भएका थिए । फरार भएका व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्