काठमाडौँ, मङ्सिर ७- बल्खुमा व्यवसायी दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप भएको छ । दुर्गा प्रसाईंका समर्थकले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
प्रहरीसँग भएको झडपमा आठ/नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् ।
प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो ।
प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था बनेको हो ।