Hamro Sanchar

चार दिनदेखि बेपत्ता पत्रकार कृष्णभीरमा मृत भेटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ४ गते


धादिङ, मंसिर ४- धादिङको कृष्णभीरमा एक जनाको शव भेटिएको छ । धादिङको कृष्णभीरमा शुक्रबारदेखि सम्पर्कविहीन भएका पत्रकार पत्रकार प्रकाश ढकालको शव भेटिएको प्रहरीले जानकारी दिएको हो ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज उनको शव कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव फेला पारेको थियो ।

विगत सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत रहेका उनी तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए । त्यसपछि उनको खोजबिन सुरु भएको थियो ।


प्रतिकृया दिनुहोस्