Hamro Sanchar

मुलपानीको मनकामना मन्दिरनजिकै एक महिलाले गरिन् झुण्डिएर आत्महत्या

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, ३ गते


काठमाडौं, मङ्सिर ३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित मनकामना मन्दिर नजिकै अन्दाजी ३० बर्षिया महिलाले झुन्दिएर आत्महत्या गरेकी छन् ।

साइलो सुनामको घरमा कोठा भाडामा लिएर बस्दै आएकी खोटाङ स्थायी घर भएकी सुप्रिया लिङ्देनले आफु बस्दै आएको कोठाभित्र आइतबार साँझ करिब ७:३० बजे आत्महत्या गरेकी हुन् ।

मृतकका ७ बर्षको एक छोरा १२ बर्षकी छोरी छन् । श्रीमान बाहिर निस्केको मौका छोपी छोराछोरीलाई अर्को कोठामा बाहिरबाट चुकुल लगाई भित्र राखिदिएर उनले भेन्टिलेसनको ग्रिलमा सलको पासो लगाई आत्महत्या गरेकी बुझिएको छ ।

ती महिलाले यसअघि पनि पटक-पटक आत्महत्याको प्रयास गरेको र आफुले बचाएको श्रीमानले बताएका छन् ।

घटनास्थलमा प्रहरी आइपुगेको र शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि पठाउने तयारी भैरहेको वडा सदस्य बिकाश केसीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्