
काठमाडौं, कात्तिक २४- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन् ।
‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,’ मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं । सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं ।’