Skip

Hamro Sanchar

युवकको हत्या गरी फरार महिला काठमाडौंबाट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २३ गते


काठमाडौं, कात्तिक २३- गत साता अछाममा युवकको हत्या गरेको घटनामा फरार महिला काठमाडौंमा पक्राउ परेकी छिन् ।

अछाम पञ्चदेवल विनायक नगरपालिका– ८ लक्ष्मी सुनारलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

गत १७ कात्तिकमा उनीसमेतका व्यक्तिले छिमेकी १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेकी लक्ष्मीलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । थप अनुसन्धानका लागि उनलाई अछाम पठाइएको उनले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्