काठमाडौं, कात्तिक २३- एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भूकम्प प्रभावितका लागि १४ लाख मूल्य बराबरको राहत सामग्री हस्तान्तरण गरेका छन् ।
बिहीबार प्रभावित क्षेत्र जाजरकोट पुगेर खनालले राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
युवा संघका प्रवक्ता सन्दीप राई नेतृत्वको टोली डिजिटल सोलार प्यानल २० थान, एन्टी मस्क्युटो किट्स २५२ थान, सेनिटरी प्याड पाँच सय थान, अक्सिजन कन्सन्ट्रेटर एक थान, अक्सिमिटर एक थान र विभिन्न औषधीहरू, भोलेन्टियर हेलमेट एक सय थान लिएर प्रभावित क्षेत्र प्रस्थान गरेको थियो ।
उक्त राहत सामग्री हस्तान्तरण गर्दै खनालले प्रभावित जनताले समयमै राहत पाउनुपर्नेमा जोड दिए । राहत र पुननिर्माणमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ ।