Hamro Sanchar

कागेश्वरीका नगरप्रमुख, उपप्रमुखसहितको टोली चीन प्रस्थान, कार्यबाहकको जिम्मेवारी पुडासैनीलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, २३ गते


काठमाडौं, कात्तिक २३- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की, नगर उप-प्रमुख शान्ता थापालगायतको टोली मित्र राष्ट्र चीन प्रस्थान गरेको छ ।

UCLG ASPAC Congress organizing committee, Yiwu, China को निमन्त्रणामा नगरप्रमुख, उपप्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा नम्बर १ का वडाअध्यक्ष मकुन्द गजुरेल, नगरप्रमुख कार्कीका स्वकीय सचिब सुभाष फुयाल र अन्तराष्ट्रिय सम्बन्ध शाखाका शाखा प्रमुख अस्मिता गजुरेल बुधबार राती चीन प्रस्थान गरेका हुन् ।

नगरपालिकाको उक्त टोली कात्तिक २९ गते फर्कने कार्यक्रम रहेको बताइएको छ ।

नगर प्रमुख र उप-प्रमुुखको अनुपस्थितिमा नगरपालिकाको कार्यवाहकको जिम्मेवारी वडा नम्बर ३ का वडाअध्यक्ष राममणि पुडासैनीलाई दिइएको छ ।


प्रतिकृया दिनुहोस्