Hamro Sanchar

मध्यपश्चिम सेवा समाज कुवेतले भुकम्प पीडितका लागि सहयोग संकलन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १९ गते


काठमाडौं, कात्तिक १९- मध्यपश्चिम सेवा समाज कुवेतले भुकम्प पीडितका लागि सहयोग संकलन अभियान संचालन गर्ने भएको छ । समाजले जाजरकोट, रुकुम लगायत पश्चिमि क्षेत्रमा ठुलो मानविय तथा भौतिक क्षति भएकोमा दुख व्यक्त गर्दै  पीडितहरूको राहत र पुननिर्माणका लागि सहयोग संकलन अभियान संचालन गरिएको अध्यक्ष गणेश रावतले हाम्रोसंचारलाई जानकारी दिए ।

समाजले आइतबार एक बिज्ञप्ति जारी गर्दै कुवेतमा रहेका सम्पुर्ण संघ संस्था, बुद्दिजिवि, खेलाडि, पत्रकार तथा समाजसेवीहरुलाइ सहयोगको लागि अपिलसमेत गरेको छ ।

आर्थिक संकलन अभियान एक हप्तासम्म चल्ने अध्यक्ष रावतले बताए ।

साथै समाजले सयौंको मृत्यु, सयौं घाइते र भौतिक संरचना घरहरु भत्किएकोमा दुख व्यक्त गर्दै घाइतेको तत्काल उपचार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा मृत्यु हुनेको संख्या १५७ पुगेको छ । भने घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्चिमका ५२ जना रहेका छन् ।


प्रतिकृया दिनुहोस्