
काठमाडाैं, कात्तिक १८- जाजरकोट भूकम्पमा परी शनिबार बिहान १० बजेसम्म १३२ जनाको मृत्यु र १४० जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।
शुक्रवार मध्यराति ११:४७ बजे गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
भूकम्पमा परी जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।
भूकम्पपछि सरकारले गएरातिदेखि नै उद्धार थालेको छ । घाइतेको उपचारका लागि सबै संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ ।