Hamro Sanchar

झारफुक गर्ने भन्दै मसानघाटमा लगेर महिलालाई झाँक्रीले गरे बलात्कार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० कात्तिक, १२ गते


जनकपुरधाम, कात्तिक १२- बिरामी महिलालाई झारफुक गरी निको पार्ने भन्दै मसानघाट पुर्‍याएर बलात्कार गरेको आरोपमा प्रहरीले धनुषामा एक झाँक्रीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सबैला नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय विष्णुदेव ठाकुरलाई पक्राउ गरेको हो ।

गत कात्तिक ५ गते अष्टमीको राति ती महिलालाई झाँक्री ठाकुरले मसानघाटमा लगेका थिए ।

भूतप्रेत लागेकोले महिला बारम्बार बिरामी भइरहेको भन्दै झारफुक र तन्त्रमन्त्रका लागि झाँक्री ठाकुरले महिला र उनका श्रीमानलाई मसानघाट लगेका थिए ।

तन्त्रमन्त्र र पूजा गर्ने ठाउँमा श्रीमान् बस्न मिल्दैन भनेर झाँक्रीले मसानघाट पुर्‍याएका बुझिएको छ ।

बलात्कारको जाहेरी परेपछि झाँक्री ठाकुरलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्