Hamro Sanchar

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट खसीबोका बेच्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २९ गते


काठमाडौं, असोज २९- खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले सोमबारबाट दशैंका लागि खसीबोका बेच्दैछ ।

चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौं उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्न लागेको हो ।

कलंकी खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा सो टोलीलाई परीक्षणका लागि पठाइने बताइएको छ ।


प्रतिकृया दिनुहोस्