
काठमाडौं, असोज २३-संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसको नेपाल भ्रमण स्थगित भएको छ ।
पश्चिम एशियामा विकसित तनावका कारण गुतेरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले बताइन् ।
‘उहाँको नेपाल भ्रमण हाललाई स्थगित भएको छ । छिटै भ्रमण हुनेछ’‚ लम्सालले भनिन् ।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुतेरेस असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल आउने तय भएको थियो । गुतेरेसले असोज २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो ।
इजरायलमा हमास लडाकुले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण उनको नेपाल भ्रमण स्थगित गरेका हुन् ।