Hamro Sanchar

एमाले निकट युवा संघले दुर्गा प्रसाईंलाई दल्यो कालोमोसो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, २२ गते


काठमाडौँ, असोज २२- एमाले निकट युवासंघले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलेको छ । सोमबार राजधानीको एल्लो प्यागोडामा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघले कालोमोसो दलेको हो ।

सो क्रममा सहभागीहरुले एमालेको पक्षमा नाराबाजी गरेको थियो ।

दुर्गा प्रसाईको भड्काउपूर्ण अभिव्यक्ति, संविधानको मर्मविपरीत, संविधानलाई नै कुल्चेर, गणतन्त्रकै खिलापमा दिएको अभिव्यक्तिविरुद्ध कालोमोसो दलिएको उनीहरुले बताएका छन् ।


प्रतिकृया दिनुहोस्