Hamro Sanchar

तोलामा आज चार सयले बढ्यो सुनको मूल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १८ गते


काठमाडौं, असोज १८- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको चौथो दिन बुधबार बढेको सुनको मूल्य आज पाँचौं दिन बिहीबार पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन पनि स्थिर रहेको चाँदीको मूल्य प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्