Hamro Sanchar

आज प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १८ गते


काठमाडौँ, असाेज १८-  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्नेछन् ।

सो अघि सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त बिरोधको सुचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । साथै, पूर्व जनप्रतिनिधि सदस्य खेमराज भट्ट मायालुको निधन भएकोमा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।


प्रतिकृया दिनुहोस्