
काठमाडौं, असोज १६- काठमाडौंको न्युरोडस्थित मखन गल्लीमा एक जनाको हत्या भएको छ ।
सानो पशुपतिमा जात्रा हेर्न गएका ओखलढुंगाको लिखु गाउँपालिका–४ का सनी कार्कीको हत्या भएको हो । काठमाडौं प्रहरी परिसरका एसपी कुमुद ढुंगेलका अनुसार उनको धारिलो हतियार प्रहार गरेर हत्या भएको हो ।
उनको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरी परिसरले २ जनालाई पक्राउ गरेको छ ।
तर उनीहरूको नाम भने खुलाएको छैन ।