काठमाडौं, असोज १५- नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले “सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पदप्रमाणीकरण गरी स्तरनिर्धारण र बढुवा सम्बन्धीकाे विनियम -२०८०” त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाश्काेटा समक्ष पेश गरेको छ ।
सोमबार नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष श्री शत्रुघ्नप्रसाद गुप्ताकाे नेतृत्वमा गएको नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घका पदाधिकारीहरुले “सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पदप्रमाणीकरण गरी स्तरनिर्धारण र बढुवा सम्बन्धीकाे विनियम -२०८०” विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्सकोटा समक्ष पेश गरेको हो ।
सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पदप्रमाणीकरण गरी स्तरनिर्धारण र बढुवा सम्बन्धीकाे विनियम बिश्वविद्यालयले नै तयार गरी कार्यकारी परिषद्ले पास गर्नुपर्ने व्यवस्था भए पनि नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले आ-आफ्नो अवधारणा सहितको विनियमको मसौदा प्रारम्भिक ड्राफ्ट तयार गरि उपकुलपतिलाई बुझाएको हो ।
दुई वटा सङ्घले तयार पारेको “सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पदप्रमाणीकरण गरी स्तरनिर्धारण र बढुवा सम्बन्धीकाे विनियम -२०८०” को मसौदा ड्राफ्टमा विश्वविद्यालयले ताेकेका मापदण्ड पुरा गरेका सामुदायिक क्याम्पसका प्राध्यापकलाई बढुवा गर्नुपर्ने र राज्यले मान्यता दिनुपर्ने स्पष्ट दृष्टिकाेण राखेको छ ।
त्रि.वि उपकुलपति समक्ष पेश गरिएको यो विनियम मसौदा ड्राफ्टले विश्वविद्यालयले तयार पार्ने विनियमलाई सहयाेग पुगोस भन्ने उदेश्यले यो विनियमको मसौदा ड्राफ्ट गरि बुझाएको नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय महासचिव गाेविन्दबहादुर कार्कीले हाम्रोसंचारलाई जानकारी दिए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्सकोटाले, नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले तयार पारेको विनियम बुझ्दै विश्वविद्यालयले तयार पार्ने विनियममा, नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले बुझाएको सुझावसहितको विनियका धेरै बिषय समेटेर विनियम जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भने, “त्रिभुवन विश्वविद्यालयले जारी गर्ने विनियम तयार हुदै छ, विज्ञसहितकाे टाेलीले यसलाई तयार पार्दै हुनुहुन्छ, तपाईहरुले तयार पार्नु भएको विनियममा भएका धेरै बिषयहरुलाई समेटेर आवश्यक संशाेधनसहित अन्तिम रूप दिन्छौ । विनियमलाई अन्तिम रूप दिईसकेपछि नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घसंग पुन: छलफलमा बसेर मात्र विनियम जारी गर्ने छौ ।”
उपकुलपति बास्कोटाले सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पदप्रमाणीकरण गर्ने जिम्मेवारी राज्यकै दायीत्व भएको भन्दै नेपाल पब्लिक क्याम्पस सङ्घ र पब्लिक क्याम्पस प्राध्यापक सङ्घले तयार पारेको “सामुदायिक क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीकाे पदप्रमाणीकरण गरी स्तरनिर्धारण र बढुवा सम्बन्धीकाे विनियम -२०८०” सम्बन्धि मसौदा ड्राफ्टले विश्वविद्यालयले तयार पार्ने ‘विनियम’ लाई महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
सामुदायिक क्याम्पसहरूलाई ठिक ट्रयाक्टमा लैजान ‘विनियम’ अत्यन्तै आवश्यकता भएको उनको भनाई थियो ।
विनियम पेश गर्न नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष श्री शत्रुघ्नप्रसाद गुप्ताज्यूकाे नेतृत्वमा सङ्घका निवर्तमान अध्यक्ष तथा विनियम मसौदा समितिका संयाेजक शिवराज सञ्जेल, सल्लाहकार श्री भाेलानाथ ओझा, महासचिव गाेविन्दबहादुर कार्की, उपमहासचिव नेत्रप्रसाद न्याैपाने, पब्लिक क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष नरेन्द्र काेइराला, महासचिव सन्ताेस पण्डित, उपप्राध्यापक षडानन्द गुरागाईकाे उपस्थिति रहेकाे थियाे।