Hamro Sanchar

सरकार र राहत शिक्षकबीच भयाे सहमती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १२ गते


काठमाडौं, असाेज १२-  आन्दोलनरत राहत शिक्षक र सरकारबीचको वार्ता मिलेको छ । शुक्रबार सरकारका तर्फबाट वार्तामा सहभागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, राज्यमन्त्री प्रमिला कुमारी र राहत शिक्षक केन्द्रीय समितिका पदाधिकारीबीच सहमति भएको हो ।

संघीय संसद् सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ देशभरका विद्यालयहरू बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।

आन्दोलन जारी रहँदा महासंघले सरकारसँग गत असोज ५ गते सहमति गरेपनि आफूहरुलाई महासंघले धोका दिएको भन्दै राहत शिक्षकहरूले पुनः आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए ।

राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने सहमतिमा असहमति जनाउँदै राहत शिक्षकहरू आन्दोलित भएका थिए । आज भएको वार्ताबाट उनीहरुको माग पुरा गर्ने सरकारको प्रतिवद्धता आएसँगै आन्दोलनका कार्यक्रमहरु पनि स्थगित गरिएको छ ।


प्रतिकृया दिनुहोस्