Hamro Sanchar

आज विश्व मुटु दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १२ गते


काठमाडौं, असोज १२- आज विश्व मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ ।

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।

विश्वमा हरेक वर्ष मुटुसम्बन्धी रोगका कारण १७ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा भने अहिले झण्डै २६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटु रोग पाइएको छ ।

चिकित्सकहरुका अनुसार धुमपान तथा मद्यपान सेवन नगर्ने, चिल्लो, पिरो, बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

 


प्रतिकृया दिनुहोस्