Hamro Sanchar

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत, कतिमा हुँदैछ कारोबार?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ११ गते


Advertisement

काठमाडौं, असोज ११- बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ ।

कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूसहित सर्वसाधारणका लागि निष्कासन गरेको १ करोड १२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

कम्पनीले पहिलो कारोबारको लागि १७२ रुपैयाँ ४३ पैसादेखि ५१७ रुपैयाँ २९ पैसाको मूल्य रेञ्ज पाएको छ ।

यही मूल्य रेञ्जलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज दिने गर्छ । कम्पनीको कारोबारको लागि संकेत ‘सिएलआई’ रहेको छ ।


प्रतिकृया दिनुहोस्