काठमाडौं, असोज ६- नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा सुर्य लामा सर्वसम्मत निर्वाचित भएका छन् । कुवेतको जिलिबस्थित रिदम हलमा शुक्रवार सम्पन्न चौथो अधिवेशनबाट अध्यक्षमा लामा निर्वाचित भएका हुन् ।
समाजले अधिवेशनबाट ६१ जनाको कार्यसमिती चयन गरेको छ । जसमा समाजको उपाध्यक्षमा उत्तम थापा, उपाध्यक्षहरुमा सुबास तामाङ, धर्म तामाङ, महिला उपाध्यक्षमा पिन्की मगर, महासचिवमा राजु धिमाल, सचिवमा राजु पुनमगर, सहसचिवमा अर्जुन कटुवाल, कोषाध्यक्षमा पेमा लामा, सह-कोषाध्यक्षमा पदम मुक्तान, युवा संयाेजकमा सोम तामाङ, सह-संयाेजकमा प्रबिन तामाङ, प्रबक्तामा शन्त लम्साल चयन भएका छन् ।
समाजका अध्यक्ष प्रेम लामाको सभापतित्व, नेपाली दूतावास कुवेतका प्रथम सचिव प्रेमराज गौतमको प्रमुख आतिथ्यता, एनआरएनए एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामा, समाजसेवी राजेन्द्र तामाङ लगायतको बिशेष आतिथ्यता समाजको यो चौथो अधिबेशन हो । कार्यक्रममा पत्रकारहरु, कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
संरक्षक टिकाराम आचार्यले संचालन गरेको कार्यक्रममा समाजका संरक्षक धुर्ब कुमार संग्रौलाले स्वागत मन्तव्य राखेका थिए भने महासचिव दामोदार बटालाले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।