Skip
आज : २०८२ कार्तिक २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लिबियाको बाढीमा परी त्रिचालिस हजार विस्थापित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ४ गते


एजेन्सी, असोज ४- लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम)ले बिहीबार जनाएको छ ।

“उत्तरपूर्वी लिबियामा बाढीबाट करिब ४३ हजार ५९ जना विस्थापित भएका छन्,” आईओएमले सार्वजनिक गरको विज्ञप्तिमा भनिएको छ, “पानीलगायत दैनिक उपभोग्य सामग्रीको अभावले धेरै मानिस डेर्नाबाट विस्थापित भएका छन् ।

अघिल्लो आइतबार ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको सहायताकर्मीहरूले बताएका थिएभने डेर्ना नगरका प्रमुख अब्दुलमेनम अल–गैथीधचले नगरको जनसङ्ख्याका आधारमा १८ देखि २० हजार मानिसको मृत्यु भएको बताएका थिए ।

ड्यानियल आँधीसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो ।


प्रतिकृया दिनुहोस्