काठमाडौं, साउन ३०-साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार बाहिरबाट जफत गरिएको सुनको यकिन तौल ६० किलो ७१६ ग्राम किलो कायम भएको छ ।
बरामद सुन मंगलवार गालेर जोख्दा ६० किलो ७१६ ग्राम किलो भएको राष्ट्र बैंकको टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार ७३ ग्राम सुन जर्तीमा गएको हो । यसअघि ब्रेक सुबाट निकालिएको सुन निकाल्दा हिजो ६० किलो ७ सय ८९ ग्राम भएको थियो ।
मोटरसाइकलको ब्रेक सुमा लुकाएर ल्याएको सुन हिजादेखि जोख्ने प्रक्रिया शुरू गरिएको थियो । यसअघि ब्रेक सुबाट छुट्याइएको सुन गालेर बिस्कुट आकार बनाइएको थियो । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले समातेको थियो ।
अहिले सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले अनुसन्धान गरिरहेको छ ।