काठमाडौं, साउन ३०– सिनामंगलबाट बरामद तस्करीको सुन आज नेपाल राष्ट्र बैंकले गाल्ने भएको छ ।
स्कुटरको ब्रेक शुमा लुकाएर ल्याइएको सुन सोमबार राष्ट्र बैंकको टक्सार महाशाखाले निकाल्ने काम गरेको थियो । महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार सुन निकालेर जोख्दा ६० किलो ७८९ ग्राम भएको छ ।
पहिले ब्रेक शुसहित जोख्दा १५५ किलो भएपछि करिब एक क्विन्टल सुन रहेको अनुमान गरिएको थियो । सोमबार निकालिएको सुन मंगलबार बिहान साढे १० बजे गाल्न शुरु गर्ने महाशाखा प्रमुख आचार्यले जानकारी दिए ।
त्रिभुवन भन्सार कार्यालयबाट उम्किएको सुन राजस्व अनुसन्धान विभागले गत साउन ३ गते सिनामंगलबाट बरामद गरेको थियो।