Hamro Sanchar

नेप्सेमा आज दोहोरो अंकको बृद्धि, ३ अर्ब बढीको कारोबार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २८ गते


Advertisement

काठमाडौं, साउन २८- सेयर कारोबार साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १४.८१ अंकले बढेर २०८०.८६ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ३.९१ अंकले बढेर ३९८.०७ विन्दुमा पुगेको छ । यसदिन २७१ कम्पनीको ९७ लाख १८ हजार ७५४ कित्ता सेयर ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँमा खरिदबिक्री भयो ।

आज दुई कम्पनीको मुल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । थ्री स्टार हाइड्रोपावरको १० र अपर स्यांगी हाइड्रोपावरको ९.९८ प्रतिशतले मूल्य बढेको हो ।यसैगरी माउन्टेन इनर्जी नेपालको ९.७४ प्रतिशतले सेयर मूल्य बढ्यो । आज घोराही सिमेन्ट इन्डस्ट्रीको सेयर मूल्य ९.९९ प्रतिशतले घट्यो । आजदेखि नेपाल स्टक एक्सचेञ्ज नेप्से मा कारोबारमा आएको घोराही सिमेन्टको मूल्य पहिलो दिनमै ओरालो लागेको हो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये ४ बाहेक अन्य सबै उपसमूहको सूचक सकारात्मक देखिएको छ । फाइनान्स,मनु एन्ड प्रो,माइक्रोफाइनान्स र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएका छन् । यसदिन १०० कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो । पाँच कम्पनीको मूल्य भने स्थिर रह्यो ।


प्रतिकृया दिनुहोस्