Skip

Hamro Sanchar

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको दाबी पेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १६ गते


विराटनगर, साउन १६- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले दाबी प्रस्तुत गरेका छन् ।

सभामुखको राजीनामापछि बहुमत पुर्‍याएर थापाले सत्ता गठबन्धनका तर्फबाट दाबी पेस गरेका हुन् । उनले बहुमत सांसदको हस्ताक्षरसहित मंगलबार साँझ पौने ५ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । सभामुखले राजीनामा दिएसँगै माओवादी केन्द्रका १३, कांग्रेसका २९, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसदको समर्थन जुटाइएको हो ।

यसअघि सभामुखको हस्ताक्षर प्रयोग गरि सरकार गठन गरेका कारण थापा २२ दिनमै सर्वोच्चको आदेशले पदमुक्त भएका थिए ।

 


प्रतिकृया दिनुहोस्