Skip

Hamro Sanchar

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १४ गते


काठमाडौं, साउन १४-नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ ।

आज आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गरेका हुन् । एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् नेता रेशमलाल चौधरीले मधेसवादी दलहरूले आफूसँग धोखाधडी गरेको आरोप लगाए। उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरूले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको बताए ।

नेता चौधरीले मधेसको आन्दोलनका लागि लड्दा आफू साढे आठ वर्षसम्म जेलमा बस्नुपरेको दाबी पनि गरे । एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 


प्रतिकृया दिनुहोस्