Hamro Sanchar

माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार बानियाँलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १३ गते


कुवेत, साउन १३- नेपाल पत्रकार महासंघको बैदेशिक शाखा कुवेतद्धारा प्रदान गरिने माधव शाही स्मृति परोपकारी पत्रकारिता पुरस्कार हरि बानियाँलाई प्रदान गरिएको छ । महासंघका सहसचिव समेत रहेका बानियाँलाई महासंघको १४औं स्थापना दिवसका अवसरमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्वर्गीय माधव शाही पत्रकार पुरस्कार घोषणा समारोहका संयोजक जय आले मगरले पत्रकार महासंघ कुवेतको बारेमा प्रकाश पार्दै पुरस्कार घोषणा गरेका थिए ।

महासंघ वैदेशिक शाखा कुवेतकाे १४औं स्थापना दिवस शुक्रबार सालमियास्थित दम्फा हाेटलमा सम्पन्न भएको थियो ।

अध्यक्ष नबराज पन्थीको सभापतित्व तथा नेपाली दूतावास कुवेतकी कार्यवाहक राजदूत सुजनी रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएन एनसीसीका अध्यक्ष रणध्वज लामा, दूतावासका कर्मचारी, कुवेतस्थित विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रमुखहरू/प्रतिनिधिहरू लगायत संघ संस्थाका पदाधिकारीहरूको आतिथ्यता रहेका थियाे ।

महासंघका सचिव चन्द गाेतामेले कार्यक्रम संचालन गरेकाे कार्यक्रममा राष्ट्रिय गान पश्चात सभापति, प्रमुख अतिथि, बिशेष अतिथि लगायतले पानसमा दीप प्रज्वलन र केक काटी कार्यक्रमको उद्घाटन गरिएको थियो । भने सहसचिव हरि बानियाँले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्य दिने क्रममा प्रमुख अतिथि कार्यवहाक राजदूत रानाले मिडिया शक्तिशाली भएकोले सत्य र निष्पक्ष समाचार आउनु आवश्यक रहेको बताइन् ।न यस्तै उनेल माधव शाही स्मृति प्रवासी परोपकारी पुरस्कार स्थापना गरेकाे बधाई दिँदै निरन्तरताको कामना पनि गरिन् ।

महासंघले एनआरएन एनसीसीका नबनिर्बाचित अध्यक्ष लामा र स्पोन्सरलाई सम्मान गरेको थियो ।

कार्यक्रममा अध्यक्ष नवराज पन्थीले माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार र पत्रकारिताको बारेमा छर्लङ्ग पार्दै कार्यक्रम समापन गरेका थिए ।


प्रतिकृया दिनुहोस्