कुवेत, साउन ८- बुटवल-१० रुपन्देहीका सुशान्त अर्यालको कुवेतमा
मृत्यु भएको छ । उनी लामो समयदेखी अवैधानिक रुपमा कुवेतमा वसोवास गर्दै आइरहेका थिए ।
पछिल्लो समय उनको स्वास्थ्यमा समस्या आएपछी नेपाल फर्किन खोज्दा नेपाली दूतावासबाट फिङ्गर गरेर डिटेन्सन सेन्टर पुर्याइएको थियो । तर उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछी डिटेन्सन सेन्टरले पनि लिन नमानेको थियो तर दूतावासले जसरी पनि पठाइ दिनु भनेर अनुरोध गरेपछी डेटेन्सन सेन्टरले माने पनि उडान हुने दिन उनको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै एयरलाइन्सले उनलाइ फिर्ता पठाएको थियो । त्यसपछि तुरुन्तै हसवियास्थित फर्वानिया हस्पिटलमा उपचारका लागि लगिएको अर्याल पुनः तीन दिनको उपचार पछि नेपाल उड्न एयरपोर्ट पुगेका थिए । यसपटक पनि उनको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै एयरलाइन्सले पुन: फिर्ता पठाएको थियो ।
लगत्तै हस्पिटलमा उपचार गराइरहेको उनको शुक्रबार २१ जुलाइका दिन उपचारकै क्रममा निधन भएको हो । उनको शव नेपाल पठाउने प्रकृयामा रहेको दूतावास स्रोतले जानकारी दिएको छ । कुवेत नेपाली समाचारबाट ।