Hamro Sanchar

खानेपानी तथा ढल व्यवस्थापन विभागको आ.व २०७९/८० को प्रगति ८० प्रतिशत, तीन वटा आयोजनाको प्रगति ९३ प्रतिशत माथि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २ गते


Advertisement

काठमाडौ, साउन २- खानेपानी तथा ढल व्यवस्थापन विभागले आर्थिक बर्ष २०७९/०८० मा ८० प्रतिशत प्रगति हासिल गरेको छ । खानेपानी विभाग र विभाग अन्तर्गत सञ्चालित आयोजना र कार्यक्रमहरुको समग्र वित्तिय तथा पूँजीगत प्रगतिको स्थिति विश्लेषण गर्दा समग्रतामा ८० प्रतिशत प्रगति हासिल गरेको विभागका उपमहानिर्देशक एवं प्रवक्ता ई.रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत सञ्चालित ४ वटा आयोजनाहरुको प्रगति उच्च रहेको छ । उनले जलवायु अनुकुलित वृहत खानेपानी आयोजनाले ९३.७८ प्रतिशत खर्च गरेको जानकारी गराउनुभयो । यस्तै केन्द्रिय खानेपानी आयोजनाको प्रगति ९३.४४ प्रतिशत, कोभिड १९ रेस्पोन्स आयोजनाको ९३.०१ प्रतिशत र एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ९२.५ प्रतिशत प्रगति हासिल गरेका छन् ।

सबैभन्दा कम प्रगति राष्ट्रिय सूचना व्यवस्थापन तथा अनुगमन आयोजनाले गरेको छ । उक्त आयोजनाले ११.१४ प्रतिशत मात्र खर्च गरेको छ ।

खानेपानी विभाग अन्तर्गत देशभरिका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सहित विभिन्न कार्यक्रम र आयोजना गरी ३४ वटा कार्यक्रम तथा आयोजनाहरु सञ्चालित छन् ।

हेर्नुहोस्, कुन आयोजना/कार्यक्रमको प्रगति कति ?
खानेपानी विभाग र विभाग अन्तर्गतको आयोजना र कार्यक्रमहरुको वित्तिय तथा पूँजीगत प्रगतिको स्थिति तलको तालिकामा दिईएको छ ।


प्रतिकृया दिनुहोस्