Hamro Sanchar

श्रीमती हुँदाहुँदै अर्को बिहे गर्न खोज्ने बेहुला मण्डपबाटै पक्राउ, जन्ती अलपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ८ गते


झापा, असार ८- श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एकजनालाई प्रहरीले गौरादहबाट नियन्त्रणमा लिएको छ । सुनसरी, इटहरी–१९ का साजन चौधरीलाई बिहीबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाह मण्डपबाट नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने वेलामा प्रहरी पुगेको थियो । बेहुला पक्राउ परेपछि भने जन्ती अलपत्र परेका थिए ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्