Hamro Sanchar

समाजवादी मोर्चाबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १ गते


काठमाडौं, असार ०१- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेबाट जारी बैठकमा समाजवादी मोर्चाबारे छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आज-भोलि नै माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी गर्ने छ ।

उक्त मोर्चामा आबद्ध दलको संख्या ५४ रहेको छ । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ । उनीहरुका अनुसार असार १ गते नै उक्त मोर्चा घोषणाको तयारी भएपनि अहिलेसम्म समय निश्चित भैसकेको छैन ।


प्रतिकृया दिनुहोस्