Hamro Sanchar

समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारीलाई अनेरास्ववियूको बधाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३२ गते


काठमाडौं, जेठ ३२- अनेरास्ववियूले समाजवादी प्रेस संगठनका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिएको छ । बिहीबार अनेरास्ववियूको कार्यालय अनामनगरमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधरले समाजवादी मोर्चाको घोषणा शुक्रबार हुने खुलासा गरेका छन् । उनले ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र बिप्लबको नेकपा सहितका पार्टी मिलेर अवधारणापत्र सहित समाजवादी मोर्चा बन्न लागेको बताए ।

कार्यक्रममा बोल्दै अनेरास्वियूका अध्यक्ष सुदेश पराजुलीले शिक्षा क्षेत्रमा भएका तमाम खाले समस्या समाधानको लागि आम सञ्चार क्षेत्रको साथ र सहयोग जरुरी भएको बताए । कार्यक्रममा समाजवादी प्रेस संगठनका नवनिर्वाचित अध्यक्ष विश्वमणी सुवेदीले प्रेस संगठन नेपाल सधैँ भरि श्रमजीवी पत्रकारको हक हित र अधिकारको पक्षमा रहेको बताए । पार्टीका केन्द्रिय सदस्य मोहन गौतमले संविधान र व्यवस्थाको रक्षा सहित नेपाली कम्युनिष्ट आन्दोलन जगाउने उद्देश्यका साथ लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समाजवादी प्रेस संगठनका नवनिर्वाचित अध्यक्ष बिश्वमणी सुवेदी, संगठनका उपाध्यक्षहरु,उपमहासचिवहरु, सचिव तथा देशका विभिन्न स्थानबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्